Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रास्वपाको सुनवर्षी नगर समिति गठन, उमेश राजवंशी बने सभापति



विराटनगर : स्वतन्त्र पार्टी (रास्वपा) को सुनवर्षी नगर समिति गठन भएको छ । शनिबार रास्वपाले उमेश राजवंशीको सभापतित्वमा सर्वसम्मत नयाँ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा चन्द्रबहादुर पाण्डे र सचिवमा बैजनाथ राजवुत चयन भएका छन् ।

कोषाध्यक्षमा होमबहादुर बुढाथोकी सर्वसम्मत चयन भएका छन् । यस्तै नगर समितिको सदस्यहरुमा जीवन भण्डारी, तुलसी अधिकारी, भीम पोख्रेल, उमेशलाल राजवंशी, सुमन गुप्ता, इन्द्र भारती र देवीप्रसाद भारती चयन भएका छन् ।

नगर समितिको पहिलो भेलाले सर्वसम्मत ११ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार