Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

८ किलो गाँजासहित कटारीबाट महिला पक्राउ



विराटनगर : उदयपुरबाट ८ केजी लागूऔषध गाँजासहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो सिरहा गोलबजार नगरपालिका १ की २८ वर्षीया अनिता राईलाई पक्राउ गरिएको हो ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले ती महिलालाई कटारी बसपार्कबाट पक्राउ गरेको हो ।

प्रहरीले अनिताको साथबाट आठ किलो गाँजा बरामद गरेको जनाएको छ । उनलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको कटारी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार