कट्नु खोलामा निर्माणाधीन पुलको अनुगमन गर्दै सांसद पोखरेल
विराटनगर : सार्वजनिक लेखा समिति सभापति तथा प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले आफ्नो निर्वाचन क्षेत्रमा संचालन भएका आयोजनाहरुको अनुगमन गरेका छन् ।
सोमबार पूर्वाधार विकास कार्यालय मोरङका कार्यालय प्रमुख शुशील श्रेष्ठसहितको टोली लगेर पोखरेलले सुनवर्षी र रतुवामाई नगरपालिकामा सञ्चालन भइरहेका आयोजनाहरुको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा पोखरेलले रोकिएका आयोजनाहरुको याथाशीघ्र निर्माण सुरु गर्न, चालु योजनाहरुको निर्माण सम्पन्न गर्न र बाँकी रहेकाको डिपिआर तयार गरेर काम अघि बढाउन सरोकारवाललाई निदेर्शन दिएका छन् ।
उनले डाइनियाँ पथरी सडकखण्ड अन्र्तगत अमरदह बजारमा चाडै कालोपत्रे सम्पन्न गर्न निर्देशन दिएका छन् । यस्तै निर्माणाधीन जिपी मार्ग रोकिएको स्थानबाट स्तरउन्नतीका लागि पहलस्वरुप पोखरेलले स्थानीयहरुसँग छलफल पनि गरेका छन् ।
सोही अवसरमा कट्नु खोलामा निर्माण भइरहेको पुलको स्थलगत अनुगमन गर्दै उनले बर्खा लाग्नुभन्दा अघि नै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।