विराटनगर : मोरङको कटहरी गाउँपालिका वडा नम्बर २ मा रहेको सरस्वती शिशु सदन आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्वीटर र टोपी वितरण गरिएको छ ।
सोमबार मानव सहयोगी हातहरु नामक संस्थाको आयोजना र देवनारा मुन्द्राको परिवारको सहयोगमा विद्यालयका एक सय २० जना विद्यार्थीहरुलाई न्योनो कपडा वितरण गरिएको हो ।
विद्यालयमा एक कार्यक्रमको आयोजना गरी पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले विद्यार्थीहरुलाई स्वीटर र टोपी वितरण गरेका हुन् ।
कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव ताजिक अन्सारी, एमाले नेता मुकेश बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।