विराटनगर : पीडित किशोरी गौशाला-२६ को तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाको सहयोगमा साइबर ब्यूरोले मंगलबार संखुवासभाका ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरेको काठमाडौं लगिएको छ ।
पक्राउ परेका राईविरुद्ध विद्युतीय ऐन अनुसारको कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
पीडित किशोरी गौशाला-२६ ले आफ्नो तस्बिर सार्वजनिक गरेको भन्दै साइबर ब्यूरोमा दिएको उजुरीका आधारमा प्रहरीले राईलाई पक्राउ गरेको हो । प्रहरीको उच्च स्रोतका अनुसार राईले पीडितको तस्बिर सार्वजनिक गरेको पुष्टि भइसकेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले आफूमाथि बलात्कार गरेको भन्दै गौशाला-२६ ले उजुरी दिएकी थिइन् । सोही मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गरिसकेको छ । भने उनलाई ८ वर्षको जेल सजाय तोकिएको छ ।