Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

२० वर्षीया किशोरीलाई करणी गरेको आरोपमा उदयपुरबाट ३ जना पक्राउ



उदयपुर : २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उदयपुरबाट ३ जनालाई पकाउ गरेको छ ।

प्रहरीले जिल्लाको चौदण्डीगढी नगरपालिका-८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगरलाई पक्राउ गरेको हो ।

उनीहरूले ती किशोरीलाई ललाई फकाई सोही ठाउँस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार