विराटनगर : उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित गाईघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो साढे १ बजे पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र.१–०५–००१ प.७४३० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्थानीय मनोज चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय ज्ञानेन्द्र मल्ल घाइते भएका छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।