Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भोजपुरमा ‘प्रथम पौवादुङमा गोल्डकप’ हुँदै



विराटनगर : भोजपुरको पौवादुङमा गाउँपालिकामा प्रथम पौवादुङमा गोल्डकप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

गाउँपालिकाको आयोजनामा हुन लागेको प्रथम पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ । पुरुष र महिलाको छुट्टाछुट्टै फुटबल प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले ३ लाख र उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।

यस्तै महिलातर्फ प्रथम हुनेले ६० हजार र दोस्रो हुनेले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र सर्वाधिक गोलकर्ताले ५/५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताका सबै खेलहरु पौवादुङमा रंगशालामा खेलाइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार