Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्रोत नखुलेको २१ लाखसहित सुनसरीबाट एक जना पक्राउ



विराटनगर : स्रोत नखुलेको २१ लाख ५७ हजार नेपाली रूपैयाँसहित सुनसरीबाट एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपलिका–३ का २७ वर्षी वीरेन्द्रकुमार राउत रहेका छन् ।

राउतले स्रोत नखुलेको रकम बोकेर हिँडिरहेको सूचना बुधबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह बाहिनी मुख्यालय इटहरीमा आएको थियो । त्यसलगत्तै सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले उनलाई भोक्राहानरसिंह गाउँपालिका–६ बाट पक्राउ गरेको हो ।

पूर्व–पश्चिम राजमार्ग हुँदै प्रदेश १–०२–०५३ प १९५६ नम्बरको मोटरमाइकलमा इनरुवातर्फ गइरहेका बेला राउतलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा रकम बरामद भएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजीतले बताए ।

उनका अनुसार रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो । राउतको साथबाट २१ लाख ५७ हजार ९ सय ३५ रूपैयाँ बरामद भएको कर्णजीतले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार