Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सरकारले उत्पादनमा जोड नदिँदा देशमा बेरोजगारी बढ्यो : सांसद राई



विराटनगर : कोशी प्रदेशकी सांसद सिर्जना राईले सरकारले बजेटमा उत्पादनलाई जोड नदिँदा देशमा बेरोजगारी बढेको बताएकी छन् । मंगलबार प्रदेशसभाको शून्य समयमा बोलदै सांसद राईले नेपाल कृषि प्रदान देश भएपनि सरकारको लगानी कृषिमा पर्याप्त नभएको बताइन् ।

सरकारले कृषिमा लगानी नगर्दा देशमा बेरोजगारी बढेको उनको भनाइ छ । उनले भनिन्, ‘कृषि प्रदान देशमा कृषिमै पर्याप्त लगानी छैन् । जसका कारण उत्पादनमा कमी आइरहेको छ । देशमा बेरोजगारी बढेको छ । जसका कारण रोजगारी माग्दा युवाहरुले ज्यान गुमाउनुपर्ने अवस्था छ ।’

उनले कृषिमा जोड दिन सरकारलाई आग्रह गरेकी छन् ।

यस्तै सांसद राईले १८ करोडको लागनीमा निर्माणाधीन भोजपुर रंगशाला डेढ वर्षको अवधिमा सदुपयोगामा नआएको बताउँदै उनले प्रश्न गरिन्, ‘सदुपयोगमा ल्याउन नसक्ने भए त्यो किन बनाइयो ?’

यस्तै उनले लामो समयसम्म सम्पन्न नभएका योजनाहरुको प्रभावकारी अनुगमन गर्न र चाँडै योजना सम्पन्न हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार