Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रंगेलीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु



विराटनगर : मोरङको रंगेलीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

शुक्रबार बिहान रंगेली नगरपालिका–८ दर्वेसामा भित्री सडकखण्ड हुँदै पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ त ५४९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदलयात्री रंगेली–८ का ६८ वर्षीय नारायण राजवंशीको मृत्यु भएको हो ।

ट्याक्टरको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ । ट्याक्टर चालक मोरङको धनपालथान गाउँपालिका–४ का अन्दाजी २६ वर्षीय अजय चौधरी फरार रहेकाले खोजी तीव्र पारिएको डीएसपी दाहालले बताए ।

उनका अनुसार ट्याक्टर र सहचालक रंगेली–२ का अन्दाजी ३६ वर्षीय मोहमद अमिरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार