Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्रोत नखुलेको साढे १९ लाखसहित विराटनगरबाट एक जना पक्राउ



विराटनगर : मोरङको विराटनगरबाट स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका ६ केशलियाबाट स्रोत नखुलेको नेपाली नगद सहित सुनसरीको देवानगंज गाउँपालिका ५ का ४९ वर्षीय सुरेन्द्र प्रसाद साहलाई पक्राउ गरिएको हो ।

शंका लागेपछि विशेष सूचनाका आधारमा को.७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा पैसा फेला पारेको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार उनको साथबाट १९ लाख ५० हजार नेपाली रुपैयाँ फेला परेको छ ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको दाहालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार