Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

संखुवासभामा ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु



विराटनगर : संखुवासभाको मकालु गाउँपालिका ५ मा ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु भएको छ ।

बुधबार दिउँसो ४ बजे को. २ त ८२३९ नम्बरको ट्रयाक्टर मकालु १ मा निर्माण भईरहेको पर्खालको लागि सिमेन्ट लिएर जाने क्रममा वालुङको दिङसुमामा अचानक भिरबाट ३५ मिटर तल खस्दा चालक स्थानीय २७ वर्षीय तिर्थ बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार शवलाई जिल्ला अस्पताल खाँदबारीबाट पोष्टमार्टम गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार