Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ब्राउन सुगरसहित विराटनगरबाट एक जना पक्राउ



विराटनगर : मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १५ ढाटबाट अवैध लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका ४ का २५ वर्षीय मिलन राईलाई पक्राउ गरेको हो ।

शंका लागेपछि चेकजाँच गर्ने क्रममा उनको साथबाट ८६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

राईलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान सुरु गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार