फिदिम : पाँचथरको फिदिममा नगरपालिका वडा नम्बर ५ मा गुडिरहेको पिकअप भेनबाट खसेर एक जनाको मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कडेलका अनुसार गाडीबाट लडेर हिलिहाङ गाउँपालिका वडा नम्बर ५ का ४८ वर्षीय प्रेम संग्रौलाको मृत्यु भएको हो ।
मध्य पहाडी लोकमार्गमा फिदिमबाट माझीटार जाँदै गरेको पिकअप गाडीबाट उनी लडेका थिए ।
गुडिरहेको गाडीबाट लडेपछि गम्भीर घाइते भएको उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल पुर्याइएको थियोे ।
अस्पताल पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको कडेलले जानकारी दिए ।
संग्रौला नेकपा एमालेका कार्यकर्ता हुन् । उनी शनिबार फिदिममा सम्पन्न एमालेको बृहत् आमसभामा सहभागी भएर फर्कदै गर्दा दुर्घटनामा परेका हुन् ।