फिदिम : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तेह्रथुमको आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा आइपुगेका छन् ।
एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा ओली जन्मघर आइपुगेका हुन् ।
ओलीसँग उनको धर्मपत्नी राधिका शाक्यसहित एमालेको सिंगो टिम पनि इवा पुगेको छन् ।
यसअघि ओली प्रधानमन्त्री हुँदा २०७६ साल फाल्गुनमा आफ्नो जन्मदिनको अवसरमा यहाँ आइपुगेका थिए ।
ओलीले यो घरमा आफ्नो बाल्यकालको १२ वर्षसम्म बिताएका थिए ।








