Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेपाल-भारत सीमा क्षेत्रमा गोली चल्दा विराटनगरका एक युवा घाइते



विराटनगर : नेपाल-भारत सीमा क्षेत्रमा गोली चल्दा विराटनगरका एकजना युवा घाइते भएका छन्।

सोमबार बिहान भारतको जोगबनीमा रहेको रेल्वे स्टेशन नजिक गोली चल्दा विराटनगर महानगरपालिका वडा नम्बर ८ का २८ वर्षीय निर्दोश संग्रौला घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अज्ञात समूहको गोली प्रहारबाट उनको दाहिने खुट्टा र तीघ्रमा चोट लागेको छ। सग्रौलाको अहिले कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार