Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरबाट भरुवा बन्दुकसहित एक जना महिला पक्राउ



विराटनगर : उदयपुरबाट प्रहरीले भरुवा बन्दुकसहित एक जना महिलालाई पक्राउ गरेको छ । जिल्लाको बेलका नगरपालिका वडा नम्बर ४ बाट २ नाल भरुवा बन्दुक महिलालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा स्थानीय ४७ वर्षीया दुर्गा बिश्वकर्मा रहेकी छिन् ।

अवैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बिश्वकर्माको घर खानतासी गर्दा २ थान भरुवा बन्दुक बरामद गरेको थियो ।

प्रहरीले विश्वकर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार