Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा मृत अवस्थामा एक महिलाको शव फेला



विराटनगर : विराटनगरमा मृत अवस्थामा रहेकी एक महिलाको शव फेला परेको छ ।

शनिबार बिहान विराटनगर महानगरपालिका वडा नम्बर १२ पाञ्चालीमा एक महिलाको शव फेला परेको हो ।

मृत महिलाको पहिचान खुलिसकेको छैन् ।

महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि अन्दाजी ३५(४० वर्षको जस्तो देखिने महिलाको शव फेला परेको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार