Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धनकुटामा वडाध्यक्षको घरमा आगो लगाउने युवक पक्राउ



विराटनगर : धनकुटाको पाख्रीबास नगरपालिका ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको घरमा आगजनी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

शनिबार राति १२ः४८ बजेतिर ती युवाले वडाध्यक्षको परिवारलाई घरभित्र चाबी लगाइदिएर आगो लगाएका थिए ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार अध्यक्षको घरमा आगो लगाएको आरोपमा स्थानीय २० वर्षीय सुशील अधिकारीलाई पक्राउ गरिएको छ । अधिकारीले आफूले आगजनी गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ ।

आफूले भनेको काम वडाध्यक्षले नगरेको रिस पोख्न आगो लगाएदिएको भन्ने बयान अभियुक्तले दिएको प्रहरीले जनाएको छ ।

अधिकारीलाई आज म्याद थपेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन् । तल्लो तलाका तीन कोठाान पूर्ण रूपमा क्षति पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार