विराटनगर : मोरङको रतुवामाई नगरपालिकाले आफ्नै पहिचान झल्कने लोगो बनाउने भएको छ ।
नगरपालिकाले मंगलबार एक सुचना प्रकासिश गर्दै पालिकाको लोगो बनाउन खुल्ला प्रस्तावना आह्वान गरेको छ ।
रतुवामाईका प्रमुख प्रशासकीय अधिकृत संजय बहादुर राजलवटले स्थानीय तहले आफ्नो पहिचान झल्कने लोगो बनाउन सक्ने प्रावधान रहेकोले प्रयोगमा ल्याउने उद्देश्यले लोगो निर्माण गर्न लागिएको जानकारी दिए ।
पालिकाको ऐतिहासिक, धार्मिक, साँस्कृतिकलगायत झल्कने गरी लोगो निर्माण गर्ने जनाएको छ । लोगो निर्माण गरी सूचना प्रकाशित भएको २१ दिनभित्र पालिकामा पेश गर्न सक्ने उनले बताए ।
लोगो बनाउन इच्छुकहरुले नगरपालिकाको इमेल तथा कार्यालयमा पठाइएका लोगो मात्र प्रतिस्पर्धामा सामेल हुने पालिकाले जारी गरको सुचनामा उल्लेख छ ।
निर्माण भएको मध्ये छनौट भएको उत्कृष्ट लोगोलाई २५ हजार नगद पुरस्कारसहित प्रयोगमा ल्याइने नगरपालिकाले जनाएको छ ।
