Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इलाममा अरिङ्गालले टोकेर एकजनाको मृत्यु



विराटनगर : इलामको देउमाइ नगरपालिकामा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ ।

देउमाइ नगरपालिका वडा नम्बर ९ मादेबुङका ४५ वर्षीय खम्बासिंह पिठा कोटे मगरलाई दुई दिन अघि घर नजिकै बारीमा रहेको रुखमा रहेको अरिङ्गालले टोकेको थियो ।

अरिङ्गालले टोकेर घाइते भएका उनको उपचारको क्रममा झापाको बीएण्डसी अस्पतालमा शनिबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार