विराटनगर : सरकारी छाप दस्तखत किर्ते ग्रेको आरोपमा प्रहरीले मोरङको रतुवामाई नगरपालिकाबाट ५ जनालाई पक्राउ गरेको छ ।
कार्तिक २ गते वारदात घटाई फरार रहेका उनीहरुलाई शनिबार बिहान रतुवामाई-४ झुर्कियाबाट प्रहरीले पक्राउ गरेको हो ।
सरकारी छाप दस्तखत किर्ते सम्वन्धि कसुर मुद्धाको अनुसन्धानको सिलसिलामा कार्तिक १६ गते मोरङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
उनीहरुविरुद्ध रतुवामाई नगरपालिका वडा नम्बर-३ का वडा अध्यक्ष देविलाल ताजपुरियाले जाहेरी दिएका थिए ।
पक्राउ पर्नेहरुमा रतुवामाई-४ का ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरिया देवि राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखन लाल राजवंशी र ६४ वर्षीय कन्हारु लाल केवरत रहेका छन् ।