विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका वढा नम्बर ३ का वडा अध्यक्ष बिजय लिम्बुले कार्यलय प्रयोजनको सरकारी मोटरसाइकल दुरुपयोग गरेको पाइएको छ ।
उनले नगरपालिकाबाट लिएको मोटरसाइकल निजी काममा प्रयोग गर्ने गरेका छ्न् ।
उनलाई नगरले दिएको को १ ब १६५४ नम्बरको मोटरसाइकलमा उनलेे दैनिक निजी व्यवसायका लागि डिजेल बोक्ने गरेका छन् ।
`वडा अध्यक्ष निर्वाचित भएको केहि समय देखि नै वडा अध्यक्षले उर्लाबारीबाट डिजेल त्यहि मोटरसाइकलमा ल्याउनु हुन्थ्यो, अहिले पनि सो कार्यलाई निरन्तरता दिनु भएको छ` वडा अध्यक्ष लिम्बूको गतिविधि नजिकबाट नियालिरहेका एक स्थानीयले भने ।
उनका अनुसार वडा अध्यक्ष ट्याक्टर ब्याबसायी हुन् । उनले आफ्नो ट्याक्टरमा प्रयोग हुने डिजेल बोक्न त्यही मोटरसाइकल प्रयोग गर्छन् ।
वडा बासीको कार्य सम्पादनका लागि नगरपालिकाले वडा अध्यक्षहरुलाई सबारी साधनको सुबिधाका साथै मासिक इन्धन खर्च र मर्मत खर्च समेत उपलब्ध गराउदै आएको छ ।
आफ्नो ब्यापारिक प्रयोजनका लागि सरकारी श्रोतको दुरुपयोग गरिरहेका जनप्रतिनिधीको अनुगमन गर्न नियमक निकाय भने मौन रहेको छ । केहि दिन अघि वडा बाटै बजेट नै छुट्याएर वडा अध्यक्ष सहितको जनप्रतिनिधि र कर्मचारीको जम्बो टोली नेपालको इलाम र भारतको दार्जिलिङको भ्रमणमा गएका थिए ।