काठमाडौं । सरकारले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
निवेदकको माग बमोजिम अन्तरिम आदेश भने जारी भएन ।
गत २७ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको थियो । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध १० जनाको रिट निवेदन परेको थियो ।
ती सबै निवेदनलाई सर्वोच्चले एकमुष्ट सुनवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।