Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माइतीघर मण्डलादेखि बानेश्वरसम्म मंसिरभरका लागि निषेधित क्षेत्र घोषणा



तस्विरः गुगल

काठमाडौं । जिल्ला प्रशासन काठमाडौले माइतिघर मण्डलादेखि बानेश्वरसम्म मंसिर मसान्तसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।
निषेधित क्षेत्र घोषण भएसगै आजदेखि एक महिनासम्म काठमाडौंको पुतलीसडकस्थित पद्मोदय मोडदेखि नयाँ बानेश्वरसम्म पाँच जनाभन्दा बढी भेला हुन नपाइने भएको हो ।
जिल्ला प्रशासन आदेश जारी गर्दै आजदेखि ३० दिनसम्म माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्दै पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पाँच जनाभन्दा बढी भेला हुन नपाउने सूचना जारी गरेको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क)बमोजिम माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जारी गरेको आदेशमा भनिएको छ ।
एक वा त्यसभन्दा बढी समूहले एकै मिति, समय र स्थानमा भेला भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रम आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भंग हुन सक्ने तथा हुलदंगा वा अशान्ति हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो । यसले समग्र रुपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्नुका साथै निषेधित क्षेत्र तोकिएका सर्वसाधारण नागरिकको सेवा प्रवाहका लागि प्रयोग हुने मुख्य मार्ग एवं महत्वपूर्ण प्रतिष्ठानसमेत भएको जनाइएको छ ।
माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्म अबको ३० तीनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार