विराटनगर : नेकपा एमालेकी कोशी प्रदेशसभा सदस्य मिना श्रेष्ठले नेपाली किसानले उत्पादन गरेको सयपत्री फूलको बजारीकरणको व्यवस्था मिलाइदिन सरकारसँग माग गरेकी छिन् ।
सोमबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले तिहार नजिकिएसँगै बजारमा फूलको माग बढे पनि स्थानीय उत्पादनले प्राथमिकता नपाएका कारण किसानहरूमा निराशा छाएको बताइन् ।
संसद्मा बोल्दै उनले भनिन्, ‘तिहार नजिकै आइसकेको छ, नेपाली किसानले उत्पादन गरेको सयपत्री फूललाई सरकारले प्राथमिकता दिनुपर्छ । भारतीय आयातमा रोक लगाउनुपर्छ ।’
यस्तै उनले दुग्ध किसानका समस्या समाधानका लागि सरकारलाई आग्रह गरेकी छिन् ।