Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उपाधिका लागि नेपालले ओमानको सामना गर्दै



काठमाडौं : आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिको छिनोफानो आईतबार हुदैछ । नेपालले घरेलु मैदानमा छनोट प्रतियोगिताको उपाधिकालागि ओमानसँग खेल्दैछ ।

नेपालले यूएई र ओमानले बहराईनलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

समूह एमा रहदै प्रतियोगिताको सुरुआत गरेका दुवै टिम लिग चरणमा समेत भेटेका थिए । सो खेलमा ओमानले नेपाललाई हराएको थियो ।

ओमानसँग ५ रनले पराजित बनेको नेपाल समूह उपविजेता बनेको थियो । समूह उपविजेता बनेर सेमिफाइनल पुगेको नेपालले फाइनल प्रवेशकालागि भएको खेलमा यूएईलाई हराएको थियो ।

सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि पुन ओमानसँग खेल्न लागेको हो ।

ओमानले समेत सेमिफाइनलमा बहराईनलाई १० विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

प्रतियोगिताको फाइनल प्रवेश गरेका नेपाल र ओमान दुवै टिम अर्को वर्ष वेस्ट इन्डिजमा हुने टी ट्वान्टी विश्वकपमा छनोट भैसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार