Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुग्यो, घाइतेको संख्या २०२



जाजरकोट : भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ५७ पुगेको छ। जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ गरी १५७ जनाको मृत्यु भएको हो।

यस्तै भूकम्पमा परी घाइते हुनेको संख्या २०२ पुगेको छ। जाजरकोटमा १०५, रुकुम पश्चिममा ८५, दैलेखमा ३, बैतडीमा ३, जुम्लामा ५ र रोल्पामा १ गरी घाइते हुनेको संख्या २०२ पुगेको नेपाल प्रहरीले जनाएको छ।

गए राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो।

यस भूकम्पले जाजरकोट र रुकुम पश्चिममा बढी क्षति पुर्याएको छ। यी जिल्लामा घरहरुमा धेरै क्षति पुगेको छ।

कति घरमा क्षति पुगेको भन्ने विवरण संकलन हुँदैछ। अहिले सरकारले यहाँ उद्धार, राहातका लागि सम्पूर्ण संयन्त्र प्रयोग गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार