काठमाडौं : आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले ओमानसँग हार ब्यहोरेको छ ।
बिहीबार कीर्तिपुर मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले ओमानसँग ५ रनको हार ब्यहोरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले दिएकाे १४६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले निर्धारित २० ओभरमा १४० रन बनाएर अलआउट भयाे।
ओमानविरुद्ध नेपाली ब्याटर चल्न भने सकेनन् ।
ओपनर कुशल भुर्तेलले २६ रन बनाउनु बाहेक सुरुआती ब्याट्सम्यानले खासै रन बनाउन सकेनन् । आसिफ शेख ५, सोमपाल कामी १२, कुशल मल्ल १० र कप्तान रोहित पौडेल १२ रनमा आउट भएका थिए ।
सन्दीप जोरा १२ रनमा पोविलियन फर्किदाँ गुल्सन झा ३, सन्दीप लामिछाने २ र करन केसी १५ रनमा आउट भएका थिए ।
नयाँ ब्याट्सम्यान विवेक यादवले ३९ रनको इनिङ्स खेल्दै नेपालको जितको सम्भावनालाई जगाएका थिए । तर अन्तिम ओभरमा उनीपनि क्याच आउट हुन पुगे । अविनाश १ रनमा अविजित रहे ।
ओमानका बिलाल खानले ३ तथा सकिल अहमद, मेरान खान र आकिब इलियासले समान २ विकेट लिए । जिसन मसुदको हातमा १ विकेट रह्यो ।
नेपाल समूह उपविजेता बनेकाे छ। अब नेपालल टी- २० विश्वकप छनाेटकाे लागि सेमिफाइनलसँग समूह बी काे विजेतासँग प्रतिस्पर्धा गर्नेछ।