Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

त्रिकोणात्मक सिरिजमा नेपालको विजयी सुरुवात, यूएईमाथि सानदार जित



काठमाडौं : त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा १४१ रनको लक्ष्य नेपालले ७ बल अघि नै ३ विकेट गुमाएर पुरा गरेको हो ।

कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ९३ रनको साझेदारी गरेपछि नेपालले सहज जित हात पार्यो । ५१ रनमा ३ विकेट गुमाएको अवस्थालाई रोहित र दिपेन्द्र अन्तिमसम्म टिकेर जितमा बदलेका थिए ।

रोहितले अविजित ५१ र दिपेन्द्रले ३४ रन बनाए । ओपनर आसिफ शेखले २३ र कुशल भुर्तेलले १४ रनको योगदान गरे । कुशल मल्ल ११ रनमा आउट भए । यूएईको लागि निलान्श केस्वानी र अली नसीरले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको यूएईले पुरै ओभर खेलेर ७ विकेट क्षतिमा १४० रन बनाएको थियो। यूएईको लागि बासिल हमिदले सर्वाधिक ५१ र अली नसीरले ३२ रन बनाए।

नेपालका करण केसीले ३, गुल्सन झाले २ तथा सोमपाल कामी र अबिनाश बोहराले १–१ विकेट लिए ।

त्रिकोणात्मक सिरिजको अर्को खेलमा नेपालले भोलि हङ्कङसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार