Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आयोजक सौँठालाई पेनाल्टीमा हराउँदै मंगलबारे सेमिफाइनलमा



विराटनगर : मंगलबारे फुटबल क्लब रतुवामाईमा जारी बडादसैँ कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको उद्घाटन खेलमा आयोजक सौँठा स्पोर्टिङ क्लबलाई पेनाल्टीमा हराउँदै मंगलबारे सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा मंगलबारेले आयोजकलाई ५-४ गोलले पराजित गर्‍यो ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँ हात पार्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार