मोरङ २ बाट महासमिति सदस्यमा निर्वाचित हुनेहरु
विराटनगर : नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ बाट ११ जना नेता महासमिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । जसमा पूर्व प्रदेशसभा सदस्य, पूर्वमेयरदेखि वडा अध्यक्षसम्म छन् ।
निर्विरोध निर्वाचित हुने महासमिति सदस्यमा कोशी प्रदेशसभाका पूर्व सांसद शिवनारायण सिंह गनगाई, रतुवामाई नगरपालिकाका पूर्वमेयर रविन राई, कांग्रेसका मोरङ जिल्ला सचिव मोदराज घिमिरे छन् ।
यस्तै रतुवामाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष इन्द्र बहादुर लिम्बू पनि महासमिति सदस्यमा निर्वाचित भएका छन् ।
मोरङ क्षेत्र नम्बर २ बाट अब्दुल रहिम, गोपालमान सिंह राजभण्डारी, निरा कट्टेल, प्रताप तामाङ, यदुकुमार विष्ट, विमला देवी दास र सुमन कुँवर महासमिति सदस्यमा निर्वाचित भएका छन् ।