Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पत्रकार घिमिरेलाई हाम्रो बचतको सम्मान



विराटनगर : मोरङको उर्लाबारीलाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार सुमन घिमिरे सम्मानित भएका छन् ।

घिमिरेलाई हाम्रो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २७ औँ वार्षिक साधारणसभाको अवसरमा सम्मान गरेको हो ।

पत्रकारितामार्फत सहकारीको गतिविधिहरु सर्वसाधारणसम्म पुर्याउन मद्धत गरेको भन्दै घिमिरे नगदसहित सम्मानित भएका हुन् । उनी सहकारीका साधारण सदस्यसमेत हुन् । उनलाई सहकारीका अध्यक्ष ढकबहादुर थापाले सम्मान पत्र प्रदान गरेका थिए ।

घिमिरे उर्लाबारीबाट सञ्चालन भएको प्राइम एफएमका समाचार प्रमुख हुन् । त्यस्तै उनले कोशी दैनिक नामक अनलाइन पनि सञ्चालन गर्दै आएका छन् ।

साधारणसभामा बचतका विभिन्न प्रकारहरुमा उत्कृष्ट कारोबार गर्नेे सदस्यज्यूहरुलाई पनि पुरस्कार तथा सम्मान प्रदान गरिएको सहकारीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार