Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लुक्ला उडेको मनाङ एअरको हेलिकप्टर दुर्घटना



फाइल तस्बिर

काठमाडौं : मनाङ एअरको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार बिहान रुम्झाटारबाट लुक्लाका लागि उडेको ९एन–एएनजे कलसाइन हेलिकप्टर दुर्घटना भएको मनाङ एअरका व्यवस्थापक राजु न्यौपानेले नेपाल प्रेसलाई जानकारी दिए ।

हेलिकप्टरमा यात्रु नभएको र पाइलट प्रकाश सेढाइ सुरक्षित भएको उनले बताए ।

आज बिहान ७ः१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो । ‘यात्रु कोही थिएनन्, पाइलट सुरक्षित हुनुहुन्छ’, न्यौपानेले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार