विराटनगर : नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले अबका प्रतियोगिता नखेल्ने घोषणा गरेका छन् ।
बिहीबार राति सामाजिक सञ्जालमा लेख्दै सन्दीपले आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन् ।
सन्दीपले लेखेका छन्, ‘भारी मनले मैले आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको छु।’
उनले अहिले आफू जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको र आफूलाई पुनर्जीवित गर्न पारिवारिक समय चाहिएको बताएका छन् ।
‘अहिलेसम्म प्राप्त भएका सबै आशीर्वाद र शुभकामनाका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद। जबसम्म हामी फेरि भेट्दैनौँ,’ सन्दीपले लेखेका छन् ।