Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईमा वडा स्तरीय फुटबल प्रतियोगिता हुँदै



प्रतियोगिताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन

विराटनगर : मोरङको रतुवामाई नगरपालिकामा वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नेपालीहरूको महान् चाड विजया  दशमी र शुभ दीपावलीलाई लक्षित गर्दै रतुवामाई युनाइटेड क्लबको आयोजनामा फुटबल प्रतियोगिता हुन लागेको हो ।

क्लबले बुधवार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको जानकारी गराएको हो । क्लबका महासचिव सुलभ बस्नेतका अनुसार रतुवामाई-७ का मानबहादुर देवानका स्वर्गीय माता पञ्चमाया र पिता तिलक सिंह देवानको स्मृतिमा ‘प्रथम पञ्च तिलक स्मृति कप २०८०’ आयोजना हुने भएको हो ।

प्रतियोगिता कार्तिक १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने छ । प्रथम पञ्च तिलक स्मृति कपमा रतुवामाईका १० वडाबाट एक/एक टिमको सहभागिता रहने बस्नेतले बताए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार