विराटनगर : सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
मंगलबार बेलुका इटहरी उपमहानगरपालिका वडा नम्बर-३ को भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको कोशी ३१ प. ६९४८ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जादै गरेको कोशी २१ प. ६४३१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी धनकुटाको महालक्ष्मी नगरपालिका- ८ का २६ वर्षीय दिपक मिरिङचिङ मगरको मृत्यस भएको छ । उनको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका इटहरी- ३ का ३० वर्षीय सागर तामाङको धरानमै उपचार भइरहेको छ । यस्तै मोरङ सुन्दरहरैचा – ९ का १८ वर्षीय साहिम थापा मगर र इटहरी – ४ का २० वर्षीय स्नेहा सुब्वाको इटहरी नितान्त किल्निकमा उपचार भईरहेको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।