Symbolic Photo
विराटनगर : राति सुतेकै ठाउँमा सर्पले टोक्दा उदयपुरको कटारीमा एक युवकको मृत्यु भएको छ । मंगलबार राति सुतेकै ठाउँमा विषालु सर्पले टोक्दा कटारी नगरपालिका ३ राजावासका २५ वर्षीय रामकाजी परियारको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुभाष राईले परियारलाई सुतेकै ठाउँमा सर्पले टोकेको र बेलामा उपचार नपाउँदा मृत्यु भएको हुनसक्ने बताए।
राति खाना खाएर सुतेको छोरा बुधबार बिहान ओछ्यानमै बेहोस अवस्थामा फेला परेका थिए । बिहान बेहोस अवस्थामा भेटिएपछि हतार हतार उद्धार गरी परिवारले उनलाई कटारी अस्पताल पुर्याएका थिए।
अस्पताल पुर्याउँदासम्म उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।