Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जितिया पर्वको अवसरमा रतुवामाईमा शुक्रबार सार्वजनिक विदा



विराटनगर : हिन्दु सामुदायका महिलाले मनाउने जितिया पर्वको अवसरमा शुक्रबार मोरङको रतुवामाई नगरपालिकाले सार्वजनिक विदा दिएको छ।

नगर प्रमुख नागेश्वर सिंहले बिहीबार सूचना प्रकाशन गर्दै असोज १९ गते शुक्रबार स्थानीय विदा दिएको को जानकारी गराएका हुन् ।

मिथिलाको कठिन पर्वको रुपमा रहेको जितिया पर्वमा सन्तानको दीर्घायूको कामना गर्दै महिलाले उपवास गरी यो पर्व मनाउने गर्छन् ।

शुक्रबार रतुवामाई सबै सरकारी कार्यालय र शिक्षण संस्थाहरु बन्द रहनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार