भोजपुर : मेटलाईफ नेपालले सामाजिक उत्तरदायित्व अन्तगर्त भोजपुर बहुमुखी क्याम्पसलाई ३ थान प्रोजेक्टर प्रदान गरेको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरी क्याम्पसको सभाहलमा मेटलाईफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले क्याम्पस प्रमुख भुलानाथ राईलाई प्रोजेक्टर स्ट्याण्ड सहित ३ थान प्रोजेक्टर हस्तान्तरण गरेका हुन् ।
विद्यार्थीहरुलाई प्रविधी मैत्री बनाउदै डिजीटल माध्यमबाट पठन पाठनकालागि सजिलो होस् भन्ने उद्धेश्यले प्रोजेक्टर प्रदान गरिएको श्रेष्ठले बताए ।
श्रेष्ठले मेटलाईफ फाउण्डेशनले सामाजीक विकासकालागी गरिब , विपन्न तथा सिमान्कृत समुदाय र क्षेत्रमा सहयोग पुर्उदै आएको जानकारी गराए ।
फाउण्डेशनले समुदायमा आधारित कार्यक्रम अन्तगर्त २०७२ सालमा भुकम्प पिडीतको उद्धार, राहत र सहयोगकालागि भुकम्प राहत कोषमा पच्चीस हजार डलर योगदान गरेको थियो । त्यसैगरी कोभिडको समयमा औषधी र अन्य उपकरण खरिदमा सहयोग गरेको, मानवताकालागी आवास नेपालसंग मिलेर का पलान्चोकमा सिमान्कृत समुदायकालागी आवासको ब्यवस्थामा सहयोग गरेको, प्लान नेपालसंग मिलेर कोभिडको समयमा कृषकलाई तरकारी मा आत्मनिर्भर बनाउन मल, विउ विजनमा सहयोग गरेको, रुम टु रिडसंग मिलेर बालिकाको शिक्षामा सहयोग गरेको लगायत मेटलाईफ फाउण्डेशनले सामाजीक विकासमा गरेका योगदान बारे कार्यक्रममा चर्चा भएको थियो ।
प्रोजेक्टर हस्तान्तरण कार्यक्रममा क्याम्पस प्रमुख राईले क्याम्पसको ईतिहास र विकास क्रमबारे बताउदै विद्यार्थीलाई प्रभावकारि ढंगले अध्ययन अध्यापन गर्न तिर्खाएको बेलामा केही हदसम्म प्यास मेट्न सहयोग गरेकोमा मेटलाईफ नेपालप्रति आभार प्रकट गर्दै मेटलाईफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा मेटलाईफ नेपालका सहायक उपाध्यक्ष तथा चिफ डिष्ट्रिब्युसन अफिसर अरुण बहादुर बस्नेत, मेटलाईफ नेपालका एजेन्सी डाईरेक्टर अनिन्द्र राज श्रेष्ठ, मेटलाईफ नेपालका कोशी प्रदेश प्रमुख रितेन्द्र कार्की लगायत क्यापसका प्राध्यापक र विद्यार्थीहरुको समेतक सहभागीता रहेको थियो ।
यस्तै भोजपुरमा मेटलाईफ नेपालको सम्पर्क कार्यालयको उद्वघाटन समेत भएको छ।