Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले कोशी : ९ बजेपछि निर्वाचन गर्ने तयारी



विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीमा नेतृत्व छनोटका लागि राति ९ बजेपछि निर्वाचन हुने भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि मतदान सुरु हुने कार्यतालिका थियोे । तर, सम्भव नभएपछि साँझ ५ बजेलाई सारिएको थियो । ५ बजे पनि सुरु हुन नसकेपछि राति ९ बजे सारिएको हो ।

मतदानमा लागि नेता, कार्यकर्ताहरु बिहानैदेखि अधिवेशन स्थलमा जम्मा भएर बसेका छन् ।

तर, तोकिएकै समयमा मतदान प्रक्रिया सुरु नभएपछि प्रतिनिधिहरु निर्वाचन समितिप्रति असन्तुष्टि जनाइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार