विराटनगर : नेकपा एमाले कोशी प्रदेशको नेतृत्व छनोटको निर्वाचन अझै हुन सकेको छैन ।
निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि सुरु हुने भनिएको नेकपा एमाले कोशी प्रदेशको निर्वाचन साँझ ५ बजेलाई सारिएको थियो । तर, अझैसम्म मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन ।
मतदानमा लागि नेता, कार्यकर्ताहरु बिहानैदेखि अधिवेशन स्थलमा जम्मा भएर बसेका छन् ।
तर, तोकिएकै समयमा मतदान प्रक्रिया सुरु नभएपछि प्रतिनिधिहरु निर्वाचन समितिप्रति असन्तुष्टि जनाइरहेका छन् ।