Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



विराटनगर : सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान इटहरी उपमहानगरपालिका वडा नम्बर १२ खनार ट्रान्सपोट नजिक दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार विराटनगरबाट इटहरी आउने क्रममा प्रदेश १-०२-०४६ प १९६७ र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १-०२-०४६ प ७२५८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो । एकापसमा ठोक्किएर अनियन्त्रित भएको मोटरसाइकल स १ ख ८१६ नम्बरको बससँग ठोक्किएको थियो ।

दुर्घटनामा सुनसरीको देवानगन्ज ५ घर भइ दुहबी ८ बस्ने २३ वर्षीय पवन कुमार साह र विराटनगर १ बस्ने १९ वर्षीय अजित थापाको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

दुर्घटनामा विराटनगर २ का सुशान्त दाहाल घाइते भएका छन् । उनको विराटनर्सिङ होममा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार