Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ताप्लेजुङमा विद्यार्थीलाई करणी गरेको आरोपमा शिक्षक पक्राउ



विराटनगर : आफ्नै विद्यालयकी विद्यार्थीमाथि जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको सिदिङ्वा गाउँपालिका-६ मेहेलस्थित निलगिरी माद्यामिक विद्यालयमा अध्ययनरत छात्रालाई करणी गरेको अभियोगमा शिक्षकलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूका अनुसार सप्तरी जिल्लाको महादेव गाउँपालिका-२ घर भई उक्त विद्यालयमा पढाउँदै आएका लक्ष्मी प्रसाद शाहलाई पक्राउ गरिएको हो ।

पीडित बालिकाको आभिभावकबाट प्रहरीमा दिएको निवेदको आधारमा शाह पक्राउ परेका हुन् । शाह विगत २ वर्ष देखि सो विद्यालयमा बिज्ञान विषय अध्यपन गराउँदै आएका थिए।

पक्राउ गरेका शिक्षक शाहलाई जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको लिम्बूले जानकारी दिए । बालिकाको स्वास्थ्य अबस्था सामान्य रहेको प्रहरी भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार