Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा पोखरीमा नुहाउन गएका दुई बालिकाको डुबेर मृत्यु



विराटनगर : मोरङको ग्रामथानमा पोखरीमा नुहाउन गएका दुई बालिकाको डुबेर मृत्यु भएको छ । शनिबार नुहाउने क्रममा पोखरीमा डुबेर १० र १२ बर्षका दुई जना बालिकाको मृत्यु भएको हो ।

ग्रामथान गाउँपालिका–२ मा रहेको रम्भा देवको माछा पोखरीमा डुबेर उनीहरुको बालिकाको मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको डुबेर मृत्यु भएको बताए ।

पोखरीमा नुहाउने क्रममा डुबेका उनीहरुलाई पोखरीबाट उद्वार गरी उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । प्रहरी र स्थानीयले उद्धार गरेर अस्पताल पुर्‍याएपनी उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार