Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार धर्मेन्द्र झालाई प्रदान



विराटनगर : कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिएको छ ।

पुरस्कार आयोजक पिताम्बर खिलेश्वरी स्मृति प्रतिष्ठान र नेपाल पत्रकार महासंघ मोरङ शाखाले शुक्रबार आयोजना गरेको कार्यक्रमकाबीच झालाई सो पुरस्कार प्रदान गरिएको हो ।

उनलाई २५ हजार नगद राशीको पुरस्कार र सम्मानपत्र कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदान गरे ।

लामो समयदेखि पत्रकारितामा पुर्याएको योगदानको कदर स्वरुप झालाई सम्मान गरिएको पत्रकार महासंघ मोरङले जनाएको छ । उनी नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत हुन् । उनी अहिले राट्रिय समाचार समिति (रासस) अध्यक्षसमेत छन् ।

कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार ०४५ सालदेखि निरन्तर मोती जयन्तीको अवसर पारेर प्रदान गरिँदै आएको छ । तर, बुधबार मोती जयन्तीका दिन शोक विदा भएकाले एक दिन ढिलो गरेर पुरस्कार वितरण गरिएको पत्रकार महासंघ मोरङका सचिव नेत्र अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार