Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बालेन शाह विश्वका उदीयमान सय नेताको सूचीमा



विराटनगर : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई विश्व प्रसिद्ध टाइम म्यागेजिनले विश्वका उदीयमान सय नेताको सूचीमा समावेश गरेको छ ।

म्यागेजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहलाई समावेश गरेको हो ।

टाइम म्यागेजिनले हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्दै आएको छ। वर्ष २०२३काे सूचीमा बालेन पनि अटाएका हुन् ।

टाइमले  स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार बनेका ३३ वर्षीय शाहले यथास्थितिप्रतिको मतदाताको आक्रोशलाई सामाजिक सञ्जालकाे मद्दतले उपयोग गर्दै बालेन इफेक्ट सिर्जना गरेको उल्लेख गरेकाे छ ।

टाइमको सूचीमा सबैभन्दा कम उमेरमा युरोपेली संसदको अध्यक्ष बनेका रोर्बटा मेट्सोला, स्कटल्यान्डका फष्ट मिनिस्टर हम्जा युसुफ, त्यसैगरी युक्रेनको प्रथम उपप्रधान तथा अर्थमन्त्री युलिया सिभरिडियेन्का, भारतीय महिला क्रिकेट खेलाडी हर्मनप्रित कौर, अमेरिकाको वातावरण संरक्षणका प्रमुख प्रशासक माइकल रेगन, ग्रामी अवार्ड जित्ने गायीका केल्सी बलेरिनी, पुलिट्जर पुरस्कार बिजेता पत्रकार मोना चलाबी, भारतको केरलाका आर्किटेक्चर भिनु ड्यानिअल, आफ्नो पहिलो प्रतियोगतामै लेडिज प्रोफेसनल गल्फ एसोसिएसनको उपाधि जित्ने रोज झाङलगायत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार