Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरमा ट्रकको ठक्करबाट नेपाल प्रहरीका असईको मृत्यु



विराटनगर : उदयपुरमा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक असईको मृत्यु भएको छ ।

बुधबार जिल्लाको सदरमुकाम गाईघाटबाट कार्यालय फर्किने क्रममा चौदणडीगढी नगरपालिका वडा नम्बर ९ ज्यामिरेमा ट्रकको ठक्करबाट असई श्रीकुमार बस्नेतको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट बस्नेतको घटनास्थलमै मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ ।

वेलका नगरपालिका अन्तर्गत भागलपुर प्रहरी चौकीमा कार्यरत बस्नेतको जिल्ला प्रहरी कार्यालयको बैठकमा सहभागी भएर कार्यालय फर्किने क्रममा दुर्घटना भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार