Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उर्लाबारीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



विराटनगर : मोरङको उर्लाबारीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

बुधबार बिहान उर्लाबारी नगरपालिका–६ मा प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसको ठक्करबाट पैदल हिँडिरहेका अन्दाजी ६५७० वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको पहिचान खुलेको छैन ।

बसको ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

मृतकको पहिचान खुलाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

प्रहरीले बस र चालक उर्लाबारी–२ का ५३ वर्षीय लोकबहादुर बोहोरालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार